ए मेरो प्राण, याहवेहको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ; र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ; जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ; जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्। थिचोमिचोमा परेकाहरू सबैका निम्ति याहवेहले धार्मिकता र न्यायको काम गर्नुहुन्छ।
भजनसंग्रह 103 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 103:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू