YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:12-21

हितोपदेश 8:12-21 NCV

“म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।” याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु। परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ। मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्। मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्। मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्। मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ। म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु, मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।

हितोपदेश 8 पढ्नुहोस्