YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:12-21

हितोपदेश 8:12-21 सरल नेपाली

म बुद्धि हुँ, मसित अन्‍तर्दृष्‍टि छ, मसित ज्ञान र न्‍याय विचार छन्। परमप्रभुको आदर गर्नु दुष्‍टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्‍ट विचार र झूटा बोलीलाई घृणा गर्दछु। म योजना बनाउँदछु र त्‍यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्‍य छ। राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु। मेरो मद्दतले हरेक शासकले पृथ्‍वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्‍यक्तिहरूले पनि त्‍यसै गर्छन्। मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्‍नेले मलाई भेट्टाउँदछ। धन, इज्‍जत, उन्‍नति र सफलता मसँग छन्। तैँले जे मबाट प्राप्‍त गर्छस्; त्‍यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्‍छ। म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्दछु। मलाई प्रेम गर्नेहरूलाई धन-सम्‍पत्ति दिँदछु र तिनीहरूका घरका भण्‍डार दामी कुराहरूले भरिदिन्‍छु।

हितोपदेश 8 पढ्नुहोस्