हितोपदेश 8:12-21
हितोपदेश 8:12-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्। परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्छु। सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्, मसँग समझशक्ति र सामर्थ्य छन्। मद्वारा नै राजाहरू राज्य गर्छन्, र शासकहरू उचित कानून बनाउँछन्, मद्वारा नै राजकुमारहरू राज्यव्यवस्था चलाउँछन्, र सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन्। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन्। मसँग वैभव र आदर, टिक्ने धन-सम्पत्ति र समृद्धि छन्। मेरो फल निखुर सुनभन्दा उच्च छ। जे म उत्पादन गर्छु, त्यसले असल चाँदीलाई उछिनिदिन्छ। म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु। मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्डार भरिदिनेछु।
हितोपदेश 8:12-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।” याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु। परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ। मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्। मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्। मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्। मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ। म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु, मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।
हितोपदेश 8:12-21 पवित्र बाइबल (NERV)
“म ज्ञान हुँ। अनि म बिवेकसँग बस्छु। तिमीले मलाई विद्या अनि राम्रो योजनासँग पाउनँ सक्छौ। परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु। मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसँग समझशक्ति अनि सामर्थ्य छन्। मेरै सहायतामा राजाहरूले राज गर्छन्, अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ। राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्। म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्। धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु। मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन् औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्। म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु। मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
हितोपदेश 8:12-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म बुद्धि हुँ, मसित अन्तर्दृष्टि छ, मसित ज्ञान र न्याय विचार छन्। परमप्रभुको आदर गर्नु दुष्टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्ट विचार र झूटा बोलीलाई घृणा गर्दछु। म योजना बनाउँदछु र त्यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्य छ। राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु। मेरो मद्दतले हरेक शासकले पृथ्वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्यक्तिहरूले पनि त्यसै गर्छन्। मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्नेले मलाई भेट्टाउँदछ। धन, इज्जत, उन्नति र सफलता मसँग छन्। तैँले जे मबाट प्राप्त गर्छस्; त्यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्छ। म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्दछु। मलाई प्रेम गर्नेहरूलाई धन-सम्पत्ति दिँदछु र तिनीहरूका घरका भण्डार दामी कुराहरूले भरिदिन्छु।