लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; उसले त्यसलाई मोहित कुराले फसाई। मारिनका निम्ति लगिएको गोरुझैँ, पासोमा फस्न लागेको मृगझैँ, त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो, काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्ने थाहा हुँदैन। अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ। त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, न त त्यसका मार्गहरूतिर हिँड। त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्ट पारिएकाहरू असंख्य छन्।
हितोपदेश 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 7:21-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू