हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन, ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्। किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ, तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ। त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्। त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन। अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ! नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ, अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ। जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो! मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ। परमेश्वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
हितोपदेश 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 5:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू