YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:1-14

हितोपदेश 5:1-14 सरल नेपाली

ए मेरो छोरो, बुद्धि र अन्‍तर्दृष्‍टिका कुरामा ध्‍यान दे अनि मेरा कुरामा कान थाप्। त्‍यसो भए, कसरी उचित चालमा चल्‍नुपर्छ, सो तैँले जान्‍नेछस् र तेरा वचनहरू ज्ञानपूर्ण हुनेछन्। अर्काकी स्‍वास्‍नीको ओठ महजस्‍तो मीठा र त्‍यसको बोली जैतुनको तेलझैँ चिप्‍ला होलान्, तर अन्‍तमा त्‍यो पित्तजस्‍तै तीतो र दुईधारे तरवारजस्‍तै हुन्‍छ। त्‍यसले तँलाई ओह्रालो मृत्‍यु-लोकमा पुर्‍याउँछे, त्‍यसका पाउहरू मृत्‍युको बाटोतिर लागेका हुन्‍छन्। तिनी जीवनको बाटोमा हिँड्दिन तर त्‍यो त्‍यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्‍यसले चाल पाउँदिन। ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्‍यै नछोड। त्‍यस्‍ती आइमाईबाट टाढा बस! त्‍यसको घरको ढोकाको नजिक पनि नजाओ! नत्र त तिमीहरूले आफ्‍नो इज्‍जत अर्काका हातमा र आफ्‍नो प्राण जवान छँदै निष्‍ठुर मानिसहरूका हातमा गुमाउनेछौ। अँ, विदेशीहरूले तिमीहरूका धन-सम्‍पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ। अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्‍नेछौ र हाड र छाला मात्र हुनेछौ। अनि तिमीले भन्‍नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ? मेरा शिक्षकहरूका कुरा सुनिनँ। तिनीहरूका कुरामा ध्‍यानै दिइनँ र अचानक सारा समाजअघि मेरो बेइज्‍जत भएको थाहा पाएँ।”

हितोपदेश 5 पढ्नुहोस्