विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्को जिब्रोले निको पार्छ। सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ। खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ। धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्टहरू सङ्कष्टले भरिएका हुन्छन्। याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ। विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ। परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्याउँछ। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ। धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्टको मार्गले तिनीहरूलाई बरालिदिन्छ। अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ।
हितोपदेश 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 12:18-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू