असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ। सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढौती गर्नेलाई रमाहट हुन्छ। धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्। परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झ्वाट्टै प्रकट गर्छ। लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ। अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ।
हितोपदेश 12 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 12:18-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू