YouVersion लोगो
खोज आइकन

हितोपदेश 11:9-18

हितोपदेश 11:9-18 NCV

ईश्‍वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्‍ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ। धर्मीहरूको उन्‍नति हुँदा सहर रमाउँदछ; तर दुष्‍टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ। धर्मीका आशिष्‌द्वारा सहर उच्‍च हुन्छ; तर दुष्‍टको मुखबाट त्यो नष्‍ट हुन्छ। विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ। कुराउटेले गोप्य भरोसामा आघात पुर्‍याउँछ; तर विश्‍वासयोग्य मानिसले कुरा गोप्य राख्छ। मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्‍लाहकारको कारण विजय हुन्छ। अरूको जमानी बस्‍नेले निश्‍चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्। दयालु मानिसले आफैँलाई लाभ पुर्‍याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्‍ट निम्त्याउँछ। दुष्‍ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्‍चय नै प्रतिफलको कटनी गर्छ।

हितोपदेश 11 पढ्नुहोस्