हितोपदेश 11:9-18
हितोपदेश 11:9-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ। जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ। जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ। धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ। समझ नभएको मानिसले आफ्नो छिमेकीको खिल्ली उड़ाउँछ, तर समझदार मानिसले आफ्नो जिब्रोमा लगाम लगाउँछ। कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ। पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। दयालु स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ। दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ। दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ।
हितोपदेश 11:9-18 पवित्र बाइबल (NERV)
अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञानद्वारा बचाइन्छन्। जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्। ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ। असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्। अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ। मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ। नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ। एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ। दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।

हितोपदेश 11:9-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ईश्वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ। धर्मीहरूको उन्नति हुँदा सहर रमाउँदछ; तर दुष्टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ। धर्मीका आशिष्द्वारा सहर उच्च हुन्छ; तर दुष्टको मुखबाट त्यो नष्ट हुन्छ। विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ। कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ; तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ। मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकारको कारण विजय हुन्छ। अरूको जमानी बस्नेले निश्चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्। दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्ट निम्त्याउँछ। दुष्ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ।
हितोपदेश 11:9-18 पवित्र बाइबल (NERV)
अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञानद्वारा बचाइन्छन्। जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्। ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ। असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्। अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ। मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ। नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ। एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ। दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।
हितोपदेश 11:9-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वर नमान्ने मानिसहरूका कुराले तिम्रो नाश गराउन सक्छ तर धर्मीको बुद्धिमानीले तिमीलाई बचाउन सक्छ। इमानदारको सुदिन आउँदा सहरबासीहरू खुसी हुन्छन्, दुष्ट मर्दा रमाहटको सोर उठ्दछ। धर्मीहरूका आशीर्वादले सहर महान् हुन्छ तर दुष्टका वचनले त्यो भताभुङ्ग हुन्छ। अर्काको निन्दा गरेर बोल्नु मूर्खता हो, ज्ञानी मानिस चुप भई बस्छ। व्यर्थका कुरा गर्ने मानिसलाई गुप्त कुरा भन्न सकिंदैन तर विश्वासयोग्य मानिसमा भरोसा राख्न सकिन्छ। अगुवाइ नभएकोमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकार भए विजय निश्चित छ। नचिनेको मानिसको कर्जा तिरिदिने प्रतिज्ञा गरेका छौ भने तिमीलाई पछुतो हुनेछ। त्यस्तो कुरामा नपर्नु नै तिम्रो निम्ति असल हो। शोभापूर्ण स्त्रीले आदर पाउँछे, निष्ठुर मानिसले धन मात्र पाउँछ। दया गर्ने मानिसले आफ्नै कल्याण गर्दछ, निष्ठुरीले आफ्नै हानि गर्दछ। दुष्ट मानिसहरूले वास्तवमा केही लाभ प्राप्त गर्दैनन् तर ठीक काम गर्नेले निश्चय फल पाउँछ।