ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ। जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ। जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ। धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ। समझ नभएको मानिसले आफ्नो छिमेकीको खिल्ली उड़ाउँछ, तर समझदार मानिसले आफ्नो जिब्रोमा लगाम लगाउँछ। कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ। पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। दयालु स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ। दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ। दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ।
हितोपदेश 11 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 11:9-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू