YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:12-16

फिलिप्पी 2:12-16 NCV

यसैले मेरा प्रिय मित्रहरूहो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैं पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु, यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्‍वरमा आज्ञाकारी भई गहिरो भक्‍ति र भयका साथ आफ्नो मुक्‍तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। सबै काम गनगन अथवा वाद-विवाद नगरी गर, ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैं चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिन अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ।

फिलिप्पी 2 पढ्नुहोस्