YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:1-11

फिलिप्पी 2:1-11 NCV

यसकारण यदि ख्रीष्‍टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्‍नेह र सहानुभूति छ भने, तब एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्‍ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइ पनि हेर। तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्‍ट येशूको जस्तै मानसिकता होस्: उहाँ स्वभावमा परमेश्‍वर भएर पनि, परमेश्‍वरको बराबरी हुने कुरालाई पक्रिराख्‍ने वस्तुजस्तो ठान्‍नुभएन, तर आफैलाई रित्त्याईकन, एउटा सेवकको रूप लिई, मानिसको प्रतिरूपमा बनिनुभयो। अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैलाई नम्र तुल्याउनुभयो र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्‍वरले उहाँलाई सर्वोच्‍च स्थानसम्म उच्‍च पार्नुभयो र उहाँलाई एउटा नाउँ दिनुभयो, जो हरेक नाउँभन्दा उच्‍च छ, कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, अनि परमेश्‍वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।

फिलिप्पी 2 पढ्नुहोस्

फिलिप्पी 2:1-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति