त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!” याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र? अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।” तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे। ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ। यदि याहवेह हामीसँग प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ। तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।” तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो।
गन्ती 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 14:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू