रातभरि मानिसहरूले कष्ट मानेर रोई-कराई गरे। तिनीहरूले मोशा र हारूनका विरुद्धमा भने, “मिश्रमा वा यही वनमा मर्नु असल हुनेथियो! किन परमप्रभुले हामीलाई त्यस देशमा लैजाँदै हुनुहुन्छ? लडाइँमा हामी मारिनेछौं, हाम्रा जहान, बालबच्चा कैदमा पर्नेछन्। के मिश्रमा फेरि जानु असल हुँदैन र?” तिनीहरूले आपसमा सल्लाह गरे, “हामी एउटा अगुवा चुनौं र मिश्रमा फेरि जाऔं!” मोशा र हारून इस्राएलीहरूको सामु भूइँमा घोप्टो परे। नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले अफसोस गरेर आफ्ना वस्त्र च्याते। ती दुई जासूसहरूले इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ। परमप्रभु हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यस देशमा पुर्याउनुहुनेछ र त्यो धनी र मलिलो देश हामीलाई दिनुहुनेछ। परमप्रभुको विरुद्धमा विद्रोह नगर। त्यहाँ बस्ने मानिसहरूसित नडराओ। हामी सजिलै तिनीहरूलाई जित्नेछौं। परमप्रभु हामीसित हुनुहुन्छ, तिनीहरूलाई रक्षा गर्ने देवताहरूलाई उहाँले जित्नुभएको छ। यसकारण भय नमान।” सारा इस्राएली समाजले तिनीहरूलाई ढुङ्गाले हानेर मार्ने डर देखाउँदै थिए। तर अचानक ती मानिसहरूले आँखा तिरीमिरी पार्ने ज्योति, पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको देखे।
गन्ती 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 14:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू