त्यसपछि यहूदाका मानिसहरूले भने, “मजदुरहरूको बल कमजोर भइरहेछ, र त्यहाँ फोहोर अति धेरै छ; यसकारण हामीले पर्खालको पुनर्निर्माण गर्न सक्दैनौँ।” तब हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउन वा हामीलाई देख्नभन्दा अगाडि नै, हामी तिनीहरूका बीचमा जानेछौँ, तिनीहरूलाई मारिदिनेछौँ र यस कामको अन्त्य गरिदिनेछौँ।” तब तिनीहरूको छेउमा बस्ने यहूदीहरू आए, र हामीलाई दश पटकभन्दा बढी यसो भने, “तपाईंहरू जता फर्के तापनि तिनीहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।” यसकारण मैले केही मानिसहरूलाई पर्खालको सबैभन्दा तल्लो खुला ठाउँहरूमा तिनीहरूका परिवारअनुसार तिनीहरूका तरवारहरू, भालाहरू र धनुकाँड लिएर बस्ने आदेश दिएँ। मैले सबै कुराहरू हेरिसकेपछि, म खडा भएर अधिकारीहरू, अधिकृतहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिमीहरू तिनीहरूसित नडराओ। महान् र भययोग्य प्रभुलाई याद गर; अनि आफ्ना दाजुभाइहरूको निम्ति, आफ्ना छोराहरूका र छोरीहरूका निम्ति, आफ्ना पत्नीहरू र आफ्ना घरहरूको निम्ति युद्ध गर।”
नहेम्याह 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 4:10-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू