YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 4:10-14

नहेम्‍याह 4:10-14 NNRV

यसै बीचमा यहूदाका मानिसहरूले भने, “मजदूरहरूको बल घट्‌दैजाँदैछ, र कसिङ्गरहरू थुप्रै छन्‌। हामी आफैले कहिल्‍यै यस पर्खालको पुनर्निर्माण गर्न सक्‍नेछैनौं।” हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्‍न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।” तब उनीहरूका बीचमा बस्‍ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्‍ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्‌।” त्‍यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्‍दा तल्‍ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्‍ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍ने आदेश दिएँ। तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान्‌ र भययोग्‍य परमप्रभुको सम्‍झना गर, र आफ्‍ना दाजुभाइ, छोराछोरी, पत्‍नी र घरहरूका निम्‍ति युद्ध गर।”