YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 4:10-14

नहेम्‍याह 4:10-14 सरल नेपाली

यहूदाका मानिसहरूले यस्‍तो एउटा गीत गाउँथे: “हामी बोझ बोकेर दुर्बल भएका छौं; यति बिघ्‍न धुलो-कसिङ्गर बोकी फाल्‍नुपरेको छ; आज कसरी हामीले पर्खाल बनाउन सकौंला र?” हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउनु वा देख्‍नुअघि नै हामी तिनीहरूमाथि हमला गरेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई नाश पारिदिनेछौं। तर शत्रुहरूका बीचमा बास गर्ने यहूदीहरू शत्रुले हाम्रा विरुद्धमा गरेका युक्तिहरूको बारेमा हामीलाई होशियार गराउन घरीघरी आइरहन्‍थे। यसकारण मैले मानिसहरूलाई तरवार, भाला र धनु-काँड भिर्नलाई र आ-आफ्‍ना कुलअनुसार पर्खाल बनिनसकेका ठाउँ-ठाउँमा पहरा राखिदिएँ। मानिसहरू चिन्‍तित देखिन्‍थे। यसकारण तिनीहरूलाई र तिनका अगुवा र भारदारहरूलाई मैले यसो भनें, “शत्रुहरूसँग नडराऔं। हाम्रा परमप्रभु कति महान् र भययोग्‍य हुनुहुन्‍छ भनी याद गर र आफ्‍ना स्‍वदेशी भाइ-बन्‍धुहरू, छोरा-छोरीहरू, स्‍वास्‍नीहरू र घरका लागि लडाइँ गर।”

नहेम्‍याह 4 पढ्नुहोस्