YouVersion लोगो
खोज आइकन

मर्कूस 4:35-41

मर्कूस 4:35-41 NCV

त्यस दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔं।” भीडलाई छोडेर तिनीहरूले उहाँलाई, उहाँ जुन डुङ्गामा हुनुहुन्थ्यो, त्यसैमा लगे। त्यहाँ उहाँसित अरू डुङ्गाहरू पनि थिए। तब एउटा डरलाग्दो आँधी आयो, र छालहरू डुङ्गाभित्र पसे, अनि त्यसलाई पानीले डुबाउनै लाग्यो। येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नैलागेका छौं, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?” उहाँले उठेर बतासलाई हप्काउनुभयो, अनि छालहरूलाई भन्‍नुभयो, “चूप लाग! शान्त हो!” तब बतास पूर्ण रूपले थामियो, र पूरै चकमन्‍न भयो। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?” तिनीहरू डराए, अनि आपसमा भने, “यिनी को हुन्? बतास र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”

मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:35-41 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति