त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?” तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?” तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।”
मर्कूस 4 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:35-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू