YouVersion लोगो
खोज आइकन

मर्कूस 4:35-39

मर्कूस 4:35-39 NCV

त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।” अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए। त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?” उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।

मर्कूस 4 पढ्नुहोस्