मर्कूस 4:35-39
मर्कूस 4:35-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?” तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो।
मर्कूस 4:35-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी पारिपट्टि जाऔँ।” अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए। त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्न?” उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।

मर्कूस 4:35-39 पवित्र बाइबल (NERV)
त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए। समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?” तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
मर्कूस 4:35-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही दिन बेलुकीपख येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।” चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए। अचानक तालमा ठूलो आँधी चल्यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्यो। येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्यौं, तपाईंलाई केही फिक्री छैन?” येशूले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “शान्त भइजा! रोकिहाल्!” त्यति नै खेर आँधी थामियो र एकदमै शान्त भइहाल्यो।