अनि त्यहाँ चारजना मानिसहरूले एकजना पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन नसकेकाले, तिनीहरूले येशूको ठीक मास्तिरको छानो भत्काए, अनि त्यो पस्रिरहेको पक्षघाती ओछ्यानसहित तल ओरालिदिए। जब येशूले तिनीहरूका विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।” यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए र आफैमा विचार गर्दैथिए, “यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्वरनिन्दा गरिरहेका छन्! परमेश्वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?” तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? यस पक्षघातीलाई के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्नु? तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।” उहाँले पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यसले सबैलाई अचम्म तुल्यायो, अनि हरेकले यसो भन्दै परमेश्वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौं!”
मर्कूस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:3-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू