त्यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्ने कुँजो मानिसलाई बोकेर त्यहाँ आइपुगे। मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्याउन सकेनन्। त्यसो हुँदा येशू बस्नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले। तिनीहरूका विश्वास देखेर येशूले त्यस कुँजो मानिसलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।” यो सुनेर त्यहाँ भएका धर्म-गुरुहरूले मनमनै भने, “यो मानिसले किन यस्तो कुरा गर्दै छ? यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ। परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?” येशूले तिनीहरूको मनको कुरा बुझिहाल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ? यस बिरामीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु र ‘ओछ्यान बोकेर हिंड’ भन्नुमा कुनचाहिँ सजिलो होला, भन त? तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” तब येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो, “म तिमीलाई भन्छु, अब उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठ्यो र ओछ्यान बोकेर हिंडिहाल्यो। मानिसहरू छक्क परे र परमेश्वरको प्रशंसा गर्दै भन्न लागे, “यस्तो त हामीले कहिल्यै पनि देखेका थिएनौं।”
मर्कूस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:3-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू