YouVersion लोगो
खोज आइकन

मर्कूस 16:15-20

मर्कूस 16:15-20 NCV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ। जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यो बचाइनेछ, तर विश्‍वास नगर्ने दण्डित हुनेछ। अनि विश्‍वास गर्नेहरूसित यी चिन्हहरू हुनेछन्: मेरो नाउँमा उनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, अनि तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन; तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, अनि तिनीहरू निको हुनेछन्।” प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि, उहाँ माथि स्वर्गमा लगिनुभयो अनि परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो। तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे, अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।

मर्कूस 16 पढ्नुहोस्