YouVersion लोगो
खोज आइकन

मर्कूस 14:33-36

मर्कूस 14:33-36 NCV

उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो। उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”

मर्कूस 14 पढ्नुहोस्