YouVersion लोगो
खोज आइकन

मर्कूस 14:33-36

मर्कूस 14:33-36 सरल नेपाली

तर पत्रुस, याकूब र यूहन्‍नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्‍यै छट्पटाउन लाग्‍यो। अनि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी ‘हुन सके आउन लागेको कष्‍टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्‍नुभयो। उहाँले यसो भन्‍दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्‍छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।”

मर्कूस 14 पढ्नुहोस्