उहाँ बेथानीमा सिमोन कुष्ठरोगीको घरमा खानका निम्ति बस्नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्। त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको? यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे। येशूले भन्नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे। गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे। म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
मर्कूस 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 14:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू