YouVersion लोगो
खोज आइकन

मर्कूस 14:3-9

मर्कूस 14:3-9 सरल नेपाली

येशू बेथानिया गाउँमा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। उहाँले खाइरहँदा एउटी स्‍त्री सिङ्गमरमरको भाँडाभरि धेरै महँगो अत्तर लिएर आइपुगिन्। त्‍यो सकली अत्तर जटामसी भनिने बोटबाट बनाइएको थियो। उनले त्‍यो भाँडो नै फोरेर येशूको टाउकोमा खन्‍याइदिइन्। उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्‍यसै खेर फालेको? बरु यसलाई बेचेर त्‍यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्‍थ्‍यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्‍का आउनेथियो।” यसरी तिनीहरूले ती स्‍त्रीलाई झपारे। तर येशूले भन्‍नुभयो, “भइहाल्‍यो, किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छन्। गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्‍छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। उनले जे गर्न सकिन्, त्‍यही गरिन्। यो अत्तर खन्‍याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्‍नको लागि तयार पारेकी हुन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्‍याएको सुसमाचार सुनाइनेछ, त्‍यहाँ-त्‍यहाँ यिनले गरेको यस कामको पनि सम्‍झना गरिनेछ।”

मर्कूस 14 पढ्नुहोस्