YouVersion लोगो
खोज आइकन

मर्कूस 10:17-22

मर्कूस 10:17-22 NCV

येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।” येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्‍त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।” यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।

मर्कूस 10 पढ्नुहोस्