YouVersion लोगो
खोज आइकन

मर्कूस 10:17-22

मर्कूस 10:17-22 NNRV

येशू बाटोमा जाँदैहुनुहुँदा, एक जना मानिस दौड़ेर आई उहाँको अगि घुँड़ा टेक्‍यो, र उहाँलाई सोध्‍यो, “हे असल गुरु, अनन्‍त जीवन प्राप्‍त गर्नलाई मैले के गर्नुपर्छ?” येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? एकमात्र परमेश्‍वरबाहेक अरू कोही असल छैन। तिमी आज्ञाहरू त जान्‍दछौ, अर्थात्‌ हत्‍या नगर्नू, व्‍यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्‍नू, आफ्‍ना बुबा र आमालाई आदर गर्नू।” अनि त्‍यसले उहाँलाई भन्‍यो, “गुरुज्‍यू, यी सबै त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।” येशूले त्‍यसलाई हेर्नुभयो, र त्‍यसलाई माया गरेर भन्‍नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन्‌ बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्‍वर्गमा सम्‍पत्ति मिल्‍नेछ। अनि आएर मेरो पछि लाग।” तर यस कुराले त्‍यसको अनुहार उदासिलो भयो, र त्‍यो दुःखित भएर गइहाल्‍यो, किनभने त्‍यससित धेरै धन-सम्‍पत्ति थियो।