जब येशूले यूहन्ना झ्यालखानामा परेका छन् भनी सुन्नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो। नासरत शहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्तालीको इलाकामा समुद्रको किनारमा थियो। यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनालाई यसो भएको थियो: “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्तालीको मुलुक, गैरयहूदीहरूको गालील, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।” येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन अनि तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू तालमा जाल हान्दै थिए, किनकि तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे। अनि त्यहाँबाट अघि बढ्दैगर्दा, उहाँले अरू दुई भाइहरू, जब्दीको छोरो याकोब र तिनको भाइ यूहन्नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो, अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँलाई पछ्याए। येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै अनि मानिसहरूका रोग र बिरामीहरू निको पार्दै जानुभयो। उहाँको बारेमा कुरा सारा सिरियाभरि फिँजियो, अनि मानिसहरूले विभिन्न किसिमका रोग लागेकाहरू, धेरै कष्ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू अनि पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश अनि यर्दन पारिका मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो।
मत्ती 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 4:12-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू