ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, “पश्चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।” यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको बाटो तयार पार, उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ” यूहन्नाको लुगा ऊँटको रौँले बनेको थियो, अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वनमह थियो। यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए। आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। तर जब तिनले आफूले बप्तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तिनले भने: “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? पश्चात्तापअनुसारको फल फलाओ। अनि आफै ‘हामी अब्राहामका वंशज हौं’ भन्ने नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। “म ता तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
मत्ती 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 3:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू