विश्रामदिनपछि, अर्थात् हप्ताको पहिलो दिन एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए। अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एकजना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, अनि तिनी त्यसमाथि बसे। तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो। ती पहरादारहरू यति साह्रो डराए कि तिनीहरू काँपेर मरेतुल्य भए। ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैं उहाँ जीवित हुनुभएको छ। आओ र उहाँलाई राखिएको ठाउँ हेर। तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकोबाट जीवित भई उठ्नुभएको छ अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”
मत्ती 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 28:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू