विश्राम दिनको भोलिपल्ट आइतबार बिहान मिर्मिरे उज्यालोमा मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए। त्यस बेला एक्कासि ठूलो भूइँचालो गयो किनभने स्वर्गबाट प्रभु परमेश्वरका एउटा स्वर्गदूत आएर चिहानको ढुङ्गा पल्टाएर त्यसैमाथि बसे। उनको अनुहार बिजुलीजस्तै चम्किलो र लुगा हिउँजस्तै सेता थिए। पालेहरूचाहिँ डरले थरथर काँपेर भूइँमा लोटे र मरेका मानिसजस्तै भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा मारिनुभएको येशूलाई खोज्न आएका हौ। तर हेर, येशू यहाँ हुनुहुन्न। आफूले भन्नुभएजस्तै उहाँ त मरेकोबाट बिउँतनुभएको छ। आएर प्रभुको लाश राखिएको ठाउँ हेर! त्यसपछि छिटो गएर उहाँका चेलाहरूलाई ‘प्रभु त मरेकोबाट बिउँतनुभएको छ। उहाँ तिमीहरूभन्दा अघि नै गालीलमा जाँदै हुनुहुन्छ, त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ’ भनेर खबर देओ! अब जाओ, मैले यति नै भन्नु छ।”
मत्ती 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 28:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू