“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू अगमवक्ताहरूको निम्ति चिहान बनाउँछौ, अनि धर्मीहरूका स्मारकहरू सिँगार्छौ। अनि तिमीहरू भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए, हामी तिनीहरूले अगमवक्ताहरूका रगत बगाएको काममा सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी सहजै आफ्नै विरुद्धमा साक्षी दिन्छौ। त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर! “हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू! तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन्छौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू अनि शिक्षकहरू पठाउँछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ र एक शहरदेखि अर्को शहरमा खेद्नेछौ। यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धार्मिक रगत अर्थात् धार्मिक हाबिलदेखि लिएर तिमीहरूले मन्दिर अनि वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियासम्मको रगत आइपर्नेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्। “ए यरूशलेम, ए यरूशलेम, जसले अगमवक्ताहरूलाई मार्दछस्, अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हिर्काउँछौ। मैले कतिपल्ट तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ। हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”
मत्ती 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 23:29-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू