“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्मारकलाई सिङ्गार्छौ, र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ, र कति जनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ। पृथ्वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्रस्थान र वेदीका बीचमा हत्या गर्यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ। साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ। किनभने म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ।”
मत्ती 23 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 23:29-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू