YouVersion लोगो
खोज आइकन

मत्ती 21:33-41

मत्ती 21:33-41 NCV

“अर्को दृष्‍टान्त सुन: एक जना जमिनका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने; र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिए, र आफू यात्रामा गए। जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए। “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने। मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे। अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’ “तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’ यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?” तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्‍टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।”

मत्ती 21 पढ्नुहोस्