“यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे। तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो। उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्ने हुकुम दिए। “त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’ त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए।
मत्ती 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 18:23-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू