किनभने परमेश्वरको राज्य त एक जना राजाले आफ्ना नोकरको हिसाब-किताब लिएको जस्तै हुन्छ। ती राजाले आफ्नो हिसाब-किताब लिन लाग्दा दश हजार सुनका सिक्का ऋण लाने एक जना नोकर उनकहाँ ल्याइयो। तर त्यो मानिससँग ऋण तिर्न पुग्ने पैसा थिएन। यसकारण ती राजाले ‘त्यसलाई भएभरको जेथा, स्वास्नी, छोरा-छोरी र आफैंलाई समेत बेचेर ऋण चुक्ता गर’ भन्ने हुकुम दिए। त्यस नोकरले राजाका पाउमा परेर बिन्ती चढायो, ‘सरकार, केही दिनसम्म पर्खिदिनुहोस्, म एकएक पैसा बुझाउनेछु।’ राजालाई दया लाग्यो र तिनले उसको सबै ऋणहरू माफ गरिदिए।
मत्ती 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 18:23-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू