तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ। तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो। के परमेश्वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्वरले के खोज्नुहुन्छ र? ईश्वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्वासघात नगर।
मलाकी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मलाकी 2:13-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू