जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्नुभएको छ भन्ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई। अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी। उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।” येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार। तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?” सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठिक विचार गर्यौ।” तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ। तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे। त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।” त्यसपछि येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन्।”
लूका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:37-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू