YouVersion लोगो
खोज आइकन

लूका 5:33-38

लूका 5:33-38 NCV

तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।” येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्‍न लगाउन सक्छौ? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।” उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ। त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ।

लूका 5 पढ्नुहोस्