YouVersion लोगो
खोज आइकन

लूका 5:33-38

लूका 5:33-38 सरल नेपाली

कति मानिसहरूले येशूलाई भने, “यूहन्‍नाका चेलाहरू सधैँजसो उपवास बस्‍छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।” येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्‍तीहरूलाई केही खानै नदिई पठाउँछौ र? तर त्‍यस्‍ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्‍नेछन्।” येशूले फेरि अर्को उदाहरण पनि दिनुभयो, “कसैले पनि नयाँ लुगा च्‍यातेर पुरानो लुगा टाल्‍दैन। यदि टालिहाल्‍यो भने नयाँ लुगा पनि बिग्रन्‍छ र नयाँ टालो पुरानो लुगासँग पनि मिल्‍दैन। “फेरि कसले ताजा अङ्‌गुरको मद्य पुरानो छालाको थैलामा राख्‍छ र? यदि राखिहाल्‍यो भने पनि थैलो फुट्छ अनि मद्य पनि पोखिन्‍छ। ताजा अङ्‌गुरको मद्यचाहिँ नयाँ छालाको थैलोमा नै राख्‍नुपर्छ।

लूका 5 पढ्नुहोस्