YouVersion लोगो
खोज आइकन

लूका 5:33-38

लूका 5:33-38 NNRV

तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू बारम्‍बार उपवास बस्‍तछन्‌ र प्रार्थना गर्दछन्‌। फरिसीहरूका चेलाहरू पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्‍छन्‌ र पिउँछन्‌।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा साथमा छउञ्‍जेल जन्‍तीहरूलाई उपवास बस्‍न लाउन सक्‍छौ? तर यस्‍ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्‌। तब तिनीहरू ती दिनमा उपवास बस्‍नेछन्‌।” उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “कुनै मानिसले नयाँ वस्‍त्रको टालो पुरानो वस्‍त्रमा टाल्‍दैन, नत्रता त्‍यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्‍दैन पनि। कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता नयाँ मद्यले छाला फाट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक पनि नष्‍ट हुन्‍छ। नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्‍नुपर्दछ।