YouVersion लोगो
खोज आइकन

लूका 5:17-20

लूका 5:17-20 NCV

एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो। केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्‍काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”

लूका 5 पढ्नुहोस्