YouVersion लोगो
खोज आइकन

लूका 5:17-20

लूका 5:17-20 सरल नेपाली

एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्‍थ्‍यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्‍वरको शक्ति थियो। मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्‍याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्‍याउन कोसिस गरे। तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्‍याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्‍यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्‍यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्‍तारै येशूको अगाडि ओराले। ती मानिसहरूले यस्‍तो विश्‍वास गरेको देखेर येशूले त्‍यस बिरामीलाई भन्‍नुभयो, “तिम्रो पाप क्षमा भएको छ।”

लूका 5 पढ्नुहोस्