रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौं वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, अनि लुसानियास अबिलेने प्रदेशका शासक थिए, तब हन्नास र कैयाफा प्रधान पूजाहारी भएका समयमा परमेश्वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो। तिनी पाप क्षमाको लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै, यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सीधा बनाओ। सबै खाल्टाखुल्टीहरू पुरिनेछन्, हरेक पहाड र डाँडा समथर बनाइनेछन्; बाङ्गाटिङ्गा बाटाहरू सीधा बन्नेछन्, अप्ठेरो बाटाहरू समतल हुनेछन्। अनि सबै मानव जातिले परमेश्वरको मुक्ति देख्नेछन्।’ ” यूहन्नाले तिनीबाट बप्तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? पश्चात्तापअनुसारको फल फलाओ, अनि आफै, ‘हामी अब्राहामका वंशज हौं’ भन्ने नठान, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। रूखहरूका जरामा बन्चरो परिसकेको छ; अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”
लूका 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 3:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू