YouVersion लोगो
खोज आइकन

लूका 24:44-53

लूका 24:44-53 NCV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।” त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ: ख्रीष्‍टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ। अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्‍चात्तापको प्रचार हुनेछ। तिमीहरू यिनै कुराहरूका साक्षी छौ। मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।” येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो। अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के। अनि परमेश्‍वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।

लूका 24 पढ्नुहोस्